टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार १५:०९
टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौं : टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ ।

रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई भइसकेको छ।

ADVERTISEMENT

बलदेवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साईबल ब्यूरो लगायत विरुद्ध निवेदन दिएका हुन् ।

प्रहरीले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । टिकटकर बस्नेतले बनाएका कतिपय भिडिओले उक्त कानुनको उल्लंघन भएको प्रहरीको जिकिर छ ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १५:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !