जनकपुरमा कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत फेला

जनकपुरमा कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत फेला
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार ०८:०१
जनकपुरमा कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत फेला

जनकपुरधाम : जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ADVERTISEMENT

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदा केही महिना अघि मात्रै विधिपूर्वक गृह प्रवेश गरेका थिए। सामाजिक सञ्जालमा दुवैले एकआपसप्रतिको प्रेम र समर्पण खुल्दै आएका थिए।

तर सोमबार राति अचानक अँसा सदा मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। घटनास्थलमा अहिले प्रहरीको टोली परिचालित छ भने मुचुल्का उठाउने काम अगाडि बढाइएको छ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, “मृतकको माइती पक्ष नआएकोले शव परीक्षणको प्रक्रिया अघि बढ्न सकेको छैन। उनीहरू आएपछि पोष्टमार्टम हुनेछ।”

प्रहरीले हालसम्म आत्महत्याको आशंका गरिरहेको बताएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्ट नआएसम्म निश्चित भन्न नसकिने जनाएको छ।

घटनापछि कलाकार अभिनास झा गहिरो मानसिक तनावमा रहेको देखिएको छ। उनी अहिले स्पष्ट रूपमा बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।

नोचा पोखरी नजिकैको घटनास्थलमा भीड लागेपछि जनकपुरधाम उपमहानगरपालिका–१२ र २० क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार ०८:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !