धनुषामा जन्तीबाट फर्किँदै गर्दा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

धनुषामा जन्तीबाट फर्किँदै गर्दा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ असार ९, सोमबार ०९:५८
धनुषामा जन्तीबाट फर्किँदै गर्दा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

जनकपुरधाम : धनुषामा एकाबिहानै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटना कमला नगरपालिका र विदेह नगरपालिकाको सिमाना पर्ने मुडिया सराबे नजिकै हुलाकी राजमार्ग छेउमा सोमबार बिहान करिब ३ बजेतिर भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

जन्तीबाट फर्किँदै गरेका धनुषाको शहीदनगर नगरपालिका–८ बिसरभोरा निवासी युवक सवार मोटरसाइकल दुर्घटनामा परेको हो। तीव्र गति र मादकपदार्थ सेवन गरेर सवारी चलाएको प्रहरीले अनुमान गरिएको छ।

अनटेस्ट नम्बर प्लेट भएको सो मोटरसाइकलमा तीन जना सवार थिए। तीमध्ये बिसरभोरा निवासी एक युवकको घटनास्थलमै मृत्यु भएको हो भने सोही वडाको नाथपट्टी टोलका दुई युवक गम्भीर घाइते भएका छन्। उनीहरूको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ।

बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले सडकछेउमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल र घाइतेहरू देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले तत्कालै घाइतेहरूलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको थियो। तर, चिकित्सकले एक जनालाई अस्पतालमै मृत घोषित गरेका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार ९, सोमबार ०९:५८
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !