स्थानीय सरकारलाई सामाजिक न्यायमा केन्द्रित बजेट ल्याउन मन्त्री यादवको आग्रह

स्थानीय सरकारलाई सामाजिक न्यायमा केन्द्रित बजेट ल्याउन मन्त्री यादवको आग्रह
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार ८, आईतवार ११:२४
स्थानीय सरकारलाई सामाजिक न्यायमा केन्द्रित बजेट ल्याउन मन्त्री यादवको आग्रह

काठमाडौं : मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवले स्थानीय तहहरूलाई सामाजिक न्यायमा केन्द्रित बजेट ल्याउन आग्रह गरेका छन्।

आइतबार मधेशपत्र सँग कुरा गर्दै मन्त्री यादवले महिलाहरू, दलित, पिछडिएको समुदाय र सामाजिक रूपले वञ्चित वर्गको उत्थानका लागि बजेट तथा कार्यक्रम तय गर्न स्थानीय सरकारहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे।

ADVERTISEMENT

“सामाजिक न्याय सुनिश्चित गर्ने हो भने बजेटको प्राथमिकता नै ती समुदायतर्फ जानुपर्छ,” मन्त्री यादवले भने, “स्थानीय सरकारहरू आफ्नो दायित्व र संवैधानिक भूमिकालाई गम्भीरतापूर्वक लिन आवश्यक छ।”

उनले संघीयता सफल बनाउन सबै तहका सरकारबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै संघ र प्रदेश सरकार नीतिगत नेतृत्वमा केन्द्रित हुनुपर्ने बताए। “संघ र प्रदेशले नीतिगत स्पष्टता दिनुपर्छ, स्थानीय तहले कार्यान्वयनमा अग्रसर हुनुपर्छ,” उनले भने, “त्यसपछि मात्र संघीयताको सौन्दर्य झल्कन्छ।”

मन्त्री यादवले सरकारको बजेट, नीति तथा कार्यक्रमले जनतासँगको सरोकार र विश्वास कायम गर्ने गरी अघि बढ्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति: २०८२ असार ८, आईतवार ११:२४
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !