कमला नगरपालिका–४ का वडाध्यक्ष गोहिबारद्वारा मेयर कप खेलाडीलाई खेल सामग्री वितरण

कमला नगरपालिका–४ का वडाध्यक्ष गोहिबारद्वारा मेयर कप खेलाडीलाई खेल सामग्री वितरण
मधेशपत्र मधेशपत्र २०८२ असार ८, आईतवार ११:०१
कमला नगरपालिका–४ का वडाध्यक्ष गोहिबारद्वारा मेयर कप खेलाडीलाई खेल सामग्री वितरण

जनकपुरधाम : कमला नगरपालिकाको आयोजनामा हुन लागेको प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा सहभागी हुन कमला नगरपालिका–४ का खेलाडीहरूले जर्सी, ब्याट र बलसहितको खेल सामग्री प्राप्त गरेका छन्।

वडाध्यक्ष दिपक गोहिबारले आइतबार बिहान वडा कार्यालयमा आयोजित कार्यक्रमबीच स्थानीय क्रिकेट टोलीलाई खेल सामग्री हस्तान्तरण गर्दै टोली गठन गरेका हुन्।

ADVERTISEMENT

उनले खेलाडीलाई जर्सी, बल, ब्याटलगायत सम्पूर्ण आवश्यक सामग्रीहरू प्रदान गरे। कार्यक्रममा वडाध्यक्षसहित वडा सदस्यहरू हिरदे मुखिया, बबिता देवी दास, अमोम मरिक, स्थानीय युवा आशिष कुसियैय र राम पदार्थ सल्हैया पनि सहभागी थिए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गोहिबारले भने, “खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र स्वास्थ्यप्रतिको चेतना विकास गर्छ। हाम्रो वडामा प्रतिभाशाली खेलाडीहरू छन्। यिनलाई आवश्यक सहयोग पुर्‍याउँदै आगामी दिनमा अझ संस्थागत रूपमा सहकार्य गरिनेछ।”

क्रिकेट टोलीका कप्तानले वडाध्यक्षप्रति आभार व्यक्त गर्दै भने, “स्थानीय सरकारको समर्थनले हाम्रो मनोबल बढेको छ। हामी राम्रो खेल प्रस्तुत गरेर वडाको गौरव बढाउनेछौं।”

कार्यक्रममार्फत वडा नं. ४ बाट प्रतिनिधित्व गर्ने क्रिकेट टोलीलाई पूर्ण तयारीका साथ मैदान उत्रन आवश्यक सामाग्रीसहित टिम गठन गरिएको हो।

स्थानीय स्तरबाट भइरहेको यस्ता पहलले युवामा सकारात्मक ऊर्जा भर्ने र उनीहरूलाई खेलकुद क्षेत्रमा उज्ज्वल भविष्यको बाटो देखाउने विश्वास गरिएको छ।

 

प्रकाशित मिति: २०८२ असार ८, आईतवार ११:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !