कार्यवाहक वडाध्यक्षको निर्देशनमा बोटवृक्ष कटान, विरोधमा स्थानीय अनसनमा

कार्यवाहक वडाध्यक्षको निर्देशनमा बोटवृक्ष कटान, विरोधमा स्थानीय अनसनमा
मधेशपत्र मधेशपत्र २०८२ असार ७, शनिबार १५:४४
कार्यवाहक वडाध्यक्षको निर्देशनमा बोटवृक्ष कटान, विरोधमा स्थानीय अनसनमा

जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका–२ की कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोटवृक्ष कटान गराएको आरोप लागेपछि स्थानीयवासी आन्दोलित बनेका छन्।

शनिबार बिहानदेखि जटही क्षेत्रमा दर्जनौँ बोटवृक्ष कटान गरिएको विरोधमा स्थानीय रोहित चौधरी अनिश्चितकालीन अनसनमा बसेका छन्।

ADVERTISEMENT

चौधरीका अनुसार वडाध्यक्ष मण्डलको निर्देशनमा आँप, लिची, धातृलगायतका फलफुल तथा अन्य बहुमूल्य रुखहरू काटिएको हो। कटानको विरोध गर्दा स्थानीय सत्यम् चौधरीमाथि वडाध्यक्षका समर्थकले कुटपिटसमेत गरेको अनसनकारी चौधरीले बताएका छन्।

“प्रकृतिलाई दोहन गर्ने गरी जथाभावी रुख कटान गरिएको छ,” अनसनरत चौधरीले भने, “विरोध गर्दा वडाध्यक्षले गुण्डा लगाएर आक्रमण गराउने काम गरेकी छन्। यसविरुद्ध नै म शान्तिपूर्ण अनसनमा बसेको हुँ।”

स्थानीयवासीले समेत वडाध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रकृति तथा वातावरण प्रतिको गैरजिम्मेवार व्यवहारका लागि कारबाहीको माग गरेका छन्।

यता, वडाध्यक्ष मण्डललाई घटनाबारे प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्कमा आउन सकेनन् ।

 

प्रकाशित मिति: २०८२ असार ७, शनिबार १५:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !