सिरहामा जनतासँग प्रत्यक्ष संवादमा जुटे मधेशका वन तथा वातावरण मन्त्री यादव

सिरहामा जनतासँग प्रत्यक्ष संवादमा जुटे मधेशका वन तथा वातावरण मन्त्री यादव
मधेशपत्र मधेशपत्र २०८२ असार ७, शनिबार ११:५५
सिरहामा जनतासँग प्रत्यक्ष संवादमा जुटे मधेशका वन तथा वातावरण मन्त्री यादव

सिरहा : मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादव सिरहामा जनतासँग प्रत्यक्ष संवादमा जुटेका छन्। जिल्लाका विभिन्न स्थानमा पुगेर मन्त्री यादवले जनताको सुझाव, गुनासो र धारणा संकलन गरिरहेका छन्।

वन तथा वातावरण मन्त्रालयका काम, योजना तथा प्राथमिकताबारे जानकारी दिँदै मन्त्री यादवले सरकारको नीति निर्माणमा जनताको आवाज समावेश गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। “जनताको आवश्यकता र सन्देश सुनेर मात्र सही योजना बनाउन सकिन्छ,” मन्त्री यादवले भेटघाटका क्रममा भन्नुभयो, “सरकार जनता नै हुन्, जनताको भावना नबुझी योजना बनाउनु व्यर्थ हुन्छ।”

ADVERTISEMENT

जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न मन्त्रालयले ‘सुझाव संकलन अभियान’ सञ्चालन गरिरहेको मन्त्री यादवले जानकारी दिनुभयो। अभियान अन्तर्गत स्थानीय बासिन्दासँग छलफल, संवाद तथा सुझावको अभिलेख गरिँदैछ।

मन्त्री यादवसंगै जनमत पार्टीका कार्यकर्ताहरू समेत सहभागी छन्। उनीहरूले जिल्लाको वातावरणीय समस्या, वन क्षेत्रको संरक्षण, नदी कटान, वन पैदावारको व्यवस्थापन लगायतका विषयमा स्थानीयको धारणा बटुलिरहेका छन्।

यस क्रममा जनताले खेतीयोग्य जमिनको सुरक्षा, हरियाली विस्तार, चरिचरनको व्यवस्था, वृक्षारोपण कार्यक्रमको प्रभावकारिता लगायतका विषयमा सुझाव संकलन गरेका हुन् ।

मन्त्री यादवले संकलित सुझावहरूलाई मन्त्रालयको अगामी नीति, योजना र बजेट निर्माणमा समावेश गरिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: २०८२ असार ७, शनिबार ११:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !