वीरगन्जका दुई सामाजिक युवा जनमत प्रवेश, संगठन विस्तारमा पार्टी सक्रिय

वीरगन्जका दुई सामाजिक युवा जनमत प्रवेश, संगठन विस्तारमा पार्टी सक्रिय
मधेशपत्र मधेशपत्र २०८२ असार ५, बिहीबार १६:३९
वीरगन्जका दुई सामाजिक युवा जनमत प्रवेश, संगठन विस्तारमा पार्टी सक्रिय

वीरगन्ज : जनमत पार्टीले देशभर संगठन विस्तारको नीतिका साथ युवालाई जोड्ने अभियानलाई तीव्र बनाएको छ। यही अभियान अन्तर्गत वीरगन्ज महानगरपालिका–१६ (नगवा) का दुई सक्रिय सामाजिक युवाले जनमत पार्टीको सदस्यता लिएका छन्।

नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादवले पार्टीमा विधिवत प्रवेश गरेका हुन्। मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहले उनीहरूलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्।

ADVERTISEMENT

पार्टी प्रवेशपछि जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले प्रतिक्रिया दिँदै भने, “सचेत युवाहरू निरन्तर पार्टीमा आबद्ध भइरहेका छन्। चौरसिया र यादवजस्ता युवाको आगमनले वडा नम्बर १६ मा पार्टीको संगठन झन बलियो हुने विश्वास छ।”

उनका अनुसार जनमत पार्टीको मूल संगठन विस्तार रणनीति नै युवालाई नेतृत्वमा ल्याउनु हो। “नयाँ विचार, जोश र प्रतिबद्धतासहित देश विकासमा योगदान दिन चाहने युवाहरूका लागि जनमत पार्टी एक उपयुक्त प्लेटफर्म बनेको छ,” सर्राफले बताए।

पार्टीले सामाजिक कार्य तथा जनसरोकारका मुद्दामा निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेको र त्यसै कारण युवाको आकर्षण बढेको उनको भनाइ छ।

स्थानीय तहमा संगठन सुदृढ बनाउन जनमतले वडा तथा गाउँपालिका स्तरमै युवा भेला, प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको पनि सर्राफले जानकारी दिए।

जनमत पार्टीले मुलुकभर जनाधार विस्तार गर्दै गर्दा सामाजिक रुपान्तरणमा अग्रसर युवाहरूलाई अगाडि ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आएको छ।

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १६:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !