धनुषाको बिदेह नगरपालिका–३ मा पिसीसी सडक निर्माण सुरु, सांसद दासद्वारा शिलान्यास

धनुषाको बिदेह नगरपालिका–३ मा पिसीसी सडक निर्माण सुरु, सांसद दासद्वारा शिलान्यास
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार ३, मंगलवार २०:५९
धनुषाको बिदेह नगरपालिका–३ मा पिसीसी सडक निर्माण सुरु, सांसद दासद्वारा शिलान्यास

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका–३ मा वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडकको पिसीसी ढलान कार्य सुरु गरिएको छ।

धनुषा निर्वाचन क्षेत्र नं. २(क) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य लखन दासले मंगलबार उक्त सडक निर्माण कार्यको शिलान्यास गरेका हुन्।

ADVERTISEMENT

हुलाकी राजमार्गको गर्दनिया चौकदेखि गोबराहीको कालिमन्दिरसम्मको यो सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो।

स्थानीयको वर्षौँदेखिको मागलाई सम्बोधन गर्दै मधेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट विनियोजन भएसँगै सडक निर्माण थालिएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद दासले दुहबी, गोबराही र करमाही क्षेत्रका स्थानीयवासीलाई हुलाकी राजमार्गसम्म सहज पहुँच बनाउने उद्देश्यले सडक निर्माण अघि बढाइएको बताए। ‘वर्षौँदेखिको माग पूरा हुँदैछ, अब स्थानीयवासीलाई आवतजावतमा ठूलो सहजता मिल्नेछ,’ उनले भने।

सांसद दासले विकास निर्माणमा ढिलासुस्ती हुन नदिन समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छन्।

सडक निर्माणले स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीयवासीले सडक निर्माणले आफूहरूको दैनन्दिन जीवन सहज हुने भन्दै प्रदेश सरकारप्रति आभार व्यक्त गरेका छन्।

उक्त शिलान्यास कार्यक्रममा बिदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहित स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ असार ३, मंगलवार २०:५९
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !