मधेशका वनमन्त्री यादवको आग्रह : “सरकारसँग समन्वय गरेर काम गरौं”

मधेशका वनमन्त्री यादवको आग्रह : “सरकारसँग समन्वय गरेर काम गरौं”
मधेशपत्र मधेशपत्र २०८२ असार २, सोमबार १५:४६
मधेशका वनमन्त्री यादवको आग्रह : “सरकारसँग समन्वय गरेर काम गरौं”

जनकपुरधाम : मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले वन तथा वातावरण क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई तीनै तहका सरकारसँग समन्वय गरेर काम गर्न आग्रह गरेका छन्।

वेलायत सरकारको सहयोगमा सञ्चालित रेन परियोजनाअन्तर्गत जनकपुरधाममा सोमबार आयोजित प्रदेश समन्वय बैठकको उद्घाटन गर्दै मन्त्री यादवले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा चुरे क्षेत्रको विनाश रोक्न सरकारको एकल प्रयास पर्याप्त नहुने भन्दै सरोकारवाला सबै पक्षले हातेमालो गर्नुपर्ने बताए।

ADVERTISEMENT

“विश्वव्यापी रूपमा बढ्दो वातावरणीय समस्याको असर नेपालमा पनि गहिरो देखिएको छ,” उनले भने, “यस्तो बेला सरकारी तथा गैरसरकारी संस्थाले एकआपसमा समन्वय गर्दै अगाडि बढ्नुपर्छ।”

उनले नदी तथा खोलानालाको सफाइ, वन्यजन्तुको संरक्षण, पर्यावरणीय सन्तुलन जस्ता काममा युवापुस्ताको सहभागिता अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा मधेश प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ प्रसाद जयसवालले बाढी, पहिरो तथा अन्य वातावरणीय जोखिमका क्षेत्रमा स्थानीय समुदायलाई कसरी सुरक्षित राख्ने र समयमै सूचना दिने विषयमा रेन परियोजनाको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्ने बताए।

जनकपुर वनप्राविधिक समाजका अध्यक्ष रामस्वार्थ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका वन संयोजक सुजितकुमार झाले मधेश प्रदेशको वन तथा पर्यावरण क्षेत्रका समस्या, चुनौती र सम्भावनाका विषयमा धारणा राखे।

रेन परियोजनाले मधेश प्रदेशका रौतहट, सर्लाही, धनुषा, सिरहा र महोत्तरीका १६ पालिकामा बाढी, पहिरो तथा वातावरणीय समस्याबाट प्रभावित समुदायबीच सुरक्षा तथा सचेतना अभिवृद्धिमा काम गरिरहेको परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवले बताए ।

सो अवसरमा परियोजनाको प्रगतिवारे लिवर्डका संयोजक हरिकृष्ण भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रदेश सरकार, विभिन्न संघसंस्था तथा सरोकारवालाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १५:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !