टिकटकमा विवादास्पद सामग्री राख्ने रमा बस्नेत पक्राउ

टिकटकमा विवादास्पद सामग्री राख्ने रमा बस्नेत पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ असार २, सोमबार ०९:५६
टिकटकमा विवादास्पद सामग्री राख्ने रमा बस्नेत पक्राउ

काठमाडौं : टिकटकमा जातीय तथा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा रमा बस्नेत पक्राउ परेकी छन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो।

ADVERTISEMENT

ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार बस्नेतलाई भक्तपुरबाट पक्राउ गरिएको हो।

उनले टिकटकमार्फत नियमित तथा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने, प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि तथ्य र आधारविहीन आरोप लगाउने, भ्रामक विषयवस्तुहरू प्रसारण गरी नकारात्मक धारणा सिर्जना गर्ने र चरित्र हत्या गर्ने जस्ता गतिविधि गर्दै आएकी थिइन्।

ब्युरोका अनुसार उनले केही समयअघि ‘हो म रविको झोले हो’ भन्दै बनाएको टिकटक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

बस्नेतविरुद्ध इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ।

हाल उनीमाथि जिल्ला अदालत काठमाडौंको अनुमति अनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार ०९:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !