मधेश लगानी सम्मेलनदेखि डायस्पोरा समिटसम्म, अन्तर्राष्ट्रिय पहुँच बढाउने तयारी

मधेश लगानी सम्मेलनदेखि डायस्पोरा समिटसम्म, अन्तर्राष्ट्रिय पहुँच बढाउने तयारी
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार २१:०५
मधेश लगानी सम्मेलनदेखि डायस्पोरा समिटसम्म, अन्तर्राष्ट्रिय पहुँच बढाउने तयारी

जनकपुरधाम : आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले पर्यटन प्रवर्द्धन, लगानी आकर्षण, उद्यमशीलता र सीप विकासलाई प्राथमिकता दिँदै १२ वटा प्रमुख कार्यक्रम सार्वजनिक गरेको छ।

ADVERTISEMENT

आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनिल कुमार यादवले ‘भिजिट मधेश २०८३’ घोषणा गरिएको छ।उनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको जानकारी दिए। त्यसका लागि ‘मधेश लगानी सम्मेलन’, ‘डायस्पोरा समिट’ र ‘ट्राभल एन्ड टूर समिट’ आयोजना गरिने उल्लेख गरिएको छ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि अयोध्यामा जनकपुरको प्रचारप्रसार गरिने र प्रदेशका ४० प्रमुख पर्यटकीय गन्तव्यको स्तरोन्नति गरिने बजेटमा उल्लेख छ। त्यस्तै, ८ वटै जिल्लाका सदरमुकामलाई जोड्ने गरी ‘पोडवे’ निर्माणको तयारी गरिने पनि बताइएको छ।

उद्योग र व्यवसाय प्रवर्द्धनका लागि सरकारले ‘उद्योग, व्यवसाय तथा किसानका लागि लोन कार्ड’ कार्यक्रम ल्याउनेछ। डिजिटल सूचना र प्रविधिमा पहुँच बढाउन ‘मधेश स्पेस तथा कम्युनिकेशन सेन्टर’ स्थापना गरिनेछ।

नवप्रवर्तन र स्टार्टअप प्रवर्द्धनका लागि ‘मधेश स्टार्टअप कार्यक्रम’ लागू गरिनेछ भने युरिया मल तथा अन्य रासायनिक मलखाद उत्पादनको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम पनि समेटिएको छ।

बेरोजगारी न्यूनीकरणका लागि १० हजार जनालाई व्यवसायिक सीप तालिम दिने कार्यक्रम ल्याइएको छ।

सरकारले प्रस्तुत गरेको बजेटले पर्यटन, उद्योग र उद्यमशीलता प्रवर्द्धनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार १, आईतवार २१:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !