मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १९:४३
मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

जनकपुरधाम : मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार प्रदेशसभा बैठकमा अर्थमन्त्री मन्त्री सुनिल कुमार यादवले सो बराबरको बजेट प्रस्तुत गरेका हुन्।

ADVERTISEMENT

बजेटमध्ये १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ चालू खर्चतर्फ र ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

बजेटका लागि स्रोत व्यवस्थापनतर्फ ९ अर्ब ५० करोड ८३ लाख आन्तरिक राजस्वबाट उठाउने लक्ष्य राखिएको छ। त्यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानमा ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानमा ३९ करोड ४५ लाख र मपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

त्यसैगरी, राजस्व बाँडफाँटमार्फत १ अर्ब ३५ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ भने अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने योजना छ। बाँकी २ अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइनेछ।

Budget Proof

प्रकाशित मिति: २०८२ असार १, आईतवार १९:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !