कलाकारको भूमिकाले मेरो धारणा परिवर्तन गरायो : मन्त्री लेखी

कलाकारको भूमिकाले मेरो धारणा परिवर्तन गरायो : मन्त्री लेखी
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १६:४५
कलाकारको भूमिकाले मेरो धारणा परिवर्तन गरायो : मन्त्री लेखी

जनकपुरधाम : मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले समाज र व्यवस्थापरिवर्तनमा कलाकारहरूको भूमिका नहुने भन्ने आफ्नै धारणा कलाकारहरूको प्रस्तुतिले परिवर्तन गराएको बताएका छन्।

आइतबार जनकपुरधाममा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डले आयोजना गरेको “बोर्डको संस्थागत विकाससम्बन्धी संवाद कार्यक्रम”मा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री लेखीले यस्तो धारणा व्यक्त गरेका हुन्।

ADVERTISEMENT

उनले बोर्डको अध्यक्षमा नियुक्त भएका किशोर कुमार लेखीबारे बोल्दै भने, “उहाँ बाल्यकालदेखि नै नेपाल–भारतका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिँदै आउनुभएको कलाकार हुनुहुन्छ। उहाँले चलचित्र, एल्बम, रचना तथा अभिनयका माध्यमबाट कलाक्षेत्रमा योगदान दिनुभएको छ।”

मन्त्री लेखीले किशोर कुमार कलाक्षेत्रका अनुभवी व्यक्ति भएकाले उनको योग्यता र भूमिकामाथि शंका नगर्न आग्रह गरे।

कार्यक्रममा बोर्ड अध्यक्ष किशोर कुमार लेखीले अध्यक्षता गर्दै प्रस्तुति दिएका थिए भने मिथिला नाट्यकला परिषद्का कलाकारहरूले परिवर्तनकारी झाँकी प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रदेश नीति आयोगका सदस्य, प्रदेश सांसद, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ असार १, आईतवार १६:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !