बर्दिबासमा १७ सय रुख रोपियो, मन्त्री यादवले गरे उद्घाटन

बर्दिबासमा १७ सय रुख रोपियो, मन्त्री यादवले गरे उद्घाटन
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १५:५७
बर्दिबासमा १७ सय रुख रोपियो, मन्त्री यादवले गरे उद्घाटन

बर्दिबास : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवको प्रमुख आतिथ्यमा बर्दिबासमा १ हजार ७ सयभन्दा बढी विभिन्न प्रजातिका रुखहरू रोपिएको छ।

बर्दिबास नगरपालिका–६ स्थित कृषि कलेज परिसरमा आइतबार बिहान आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा मन्त्री यादवले स्वयं रुख रोपेर कार्यक्रमको उद्घाटन गरेका हुन्। वृक्षारोपण कार्यक्रम कृषि कलेजको आयोजनामा गरिएको हो।

ADVERTISEMENT

कार्यक्रममा महोत्तरीस्थित वन डिभिजन कार्यालयका प्रमुख अजय मिश्र, कलेजका पदाधिकारी, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

आयोजकका अनुसार वृक्षारोपण अभियान वातावरण संरक्षण, हरित क्षेत्र विस्तार तथा स्थानीय जैविक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा मन्त्री यादवले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणको महत्त्वपूर्ण भूमिका हुने बताए।

उनले स्थानीय तह र नागरिकको सक्रिय सहभागितामा मात्रै वातावरणीय संकटको सामना गर्न सकिने उल्लेख गरे। कार्यक्रमले बर्दिबास नगर क्षेत्रलाई हरित नगरको अवधारणा तर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: २०८२ असार १, आईतवार १५:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !