केदारनाथमा हेलिकप्टर दुर्घटना : एक बालकसहित ७ जनाको मृत्यु

केदारनाथमा हेलिकप्टर दुर्घटना : एक बालकसहित ७ जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १२:२३
केदारनाथमा हेलिकप्टर दुर्घटना : एक बालकसहित ७ जनाको मृत्यु

उत्तराखण्ड : भारतको उत्तराखण्डस्थित पवित्र तीर्थस्थल केदारनाथ धाममा आज बिहान भएको हेलिकप्टर दुर्घटनामा एक बालकसहित ७ जनाको ज्यान गएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै बिहान भएको हो। देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको आर्यन कम्पनीको हेलिकप्टर मौसम खराबीका कारण दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ।

ADVERTISEMENT

हेलिकप्टरमा सवार सबै यात्रुको घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतकमध्ये एक बालक पनि रहेका छन् भने अन्य यात्रुहरूकाे विवरण सार्वजनिक गरिएको छैन।

घटनापछि भारतीय सुरक्षा निकाय, उद्धार टोली र स्थानीय प्रशासन घटनास्थलमा पुगेको छ। दुर्घटनास्थलको पहाडी भूगोल तथा मौसमका कारण उद्धारकार्यमा कठिनाइ भइरहेको बताइएको छ।

केदारनाथधाम हरेक वर्ष लाखौं तीर्थयात्रीले भ्रमण गर्ने धार्मिक स्थल हो। यहाँ हेलिकप्टरमार्फत यात्रा गर्नेहरुको संख्या पनि उल्लेख्य हुन्छ। तर विगतमा पनि खराब मौसमका कारण यस क्षेत्रमा हेलिकप्टर दुर्घटना हुने गरेका छन्।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: २०८२ असार १, आईतवार १२:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !