जसपा नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहा काठमाडौंबाट पक्राउ

जसपा नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहा काठमाडौंबाट पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २९, बिहीबार १८:३१
जसपा नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहा काठमाडौंबाट पक्राउ

काठमाडौँ : मधेश प्रदेश सांसद सरोजकुमार सिंह अनामनगरबाट पक्राउ परेका छन् ।

प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । उनी जसपा नेपालका सांसद हुन् ।

ADVERTISEMENT

उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता लगेको आरोप छ । केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिवलाई समेत पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १८:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !