दुई करोडभन्दा बढी बराबरका गहनासहित काठमाडौंबाट चार जना पक्राउ

दुई करोडभन्दा बढी बराबरका गहनासहित काठमाडौंबाट चार जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २८, बुधबार २३:५२
दुई करोडभन्दा बढी बराबरका गहनासहित काठमाडौंबाट चार जना पक्राउ

काठमाडौंः काठमाडौंमा दुई करोडभन्दा बढी मूल्य बराबरका गरगहनासहित चार जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२२ प्युखा कृष्णचोकमा रहेको मुन्ना जेम एण्ड ज्वेलर्सबाट प्रहरीले सञ्चालकसहित गरगहना बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

ADVERTISEMENT

पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय हरिवरोर सेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय किशोर छन्।

उक्त ज्वेलर्सले बिल भर्पाइ नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको थियो।

प्रहरीले ज्वेलर्सबाट दुई करोड एक लाख ७८ हजार ३६० रुपैयाँ बराबरको गरगहनाको बिल भर्पाइ नभेटिएको भन्दै बरामद गरेको हो।

उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार २३:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !