कपिलवस्तुमा नेता यादवसहित एक दर्जन नेताकार्यकर्ता जनमत प्रवेश

कपिलवस्तुमा नेता यादवसहित एक दर्जन नेताकार्यकर्ता जनमत प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २७, मंगलवार ०९:२१
कपिलवस्तुमा नेता यादवसहित एक दर्जन नेताकार्यकर्ता जनमत प्रवेश

कपिलवस्तु : कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ का नेता बृज मोहन यादवसहित एक दर्जन नेता कार्यकर्ता प्रवेश गरेका छन्।

सोमबार पार्टीका राष्ट्रिय सचिव बालगोबिन्द्र चौधरीको उपस्थितिमा उनीहरू जनमत पार्टीमा प्रवेश गरेका हुन्। चौधरी कपिलवस्तुमा राजनीतिक भेटघाटका क्रममा रहेका बेला नेता यादवसहित अन्य कार्यकर्ताले पार्टीको सदस्यता ग्रहण गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश कार्यक्रमको अवसरमा सचिव चौधरीले नयाँ प्रवेशकर्तालाई स्वागत गर्दै औपचारिक रूपमा सदस्यता प्रदान गरेका थिए।

चौधरीले जनमत पार्टी वैकल्पिक राजनीतिक शक्ति भएकाले अब जनताको अधिकार र परिवर्तनका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार ०९:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !