मधेश सरकारको नीति व्यवहारिक र जनमैत्री: पूर्वमन्त्री यादव

मधेश सरकारको नीति व्यवहारिक र जनमैत्री: पूर्वमन्त्री यादव
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ २४, शनिबार २१:५५
मधेश सरकारको नीति व्यवहारिक र जनमैत्री: पूर्वमन्त्री यादव

जनकपुरधाम : जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री महेश प्रसाद यादवले हालै सार्वजनिक गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम व्यवहारिक र जनमैत्री रहेको बताएका छन्।

शनिबार सप्तरी क्षेत्र नं. २ मा आयोजित राष्ट्रिय परिषद समन्वय बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता यादवले किसान, शिक्षा, रोजगारी र डिजिटल मधेशजस्ता महत्वपूर्ण विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिएको उल्लेख गरे।

ADVERTISEMENT

“जनताका मूल समस्यालाई सम्बोधन गर्नेतर्फ सरकारले देखाएको प्रतिबद्धता स्वागतयोग्य छ,” यादवले भने, “किसानको जीवनस्तर उकास्ने, युवालाई रोजगारी दिने, शिक्षामा गुणस्तर ल्याउने र डिजिटल पहुँच विस्तार गर्ने विषयले नीति तथा कार्यक्रम जनमुखी बनाएको छ।”

उनका अनुसार पार्टीले चुनावी प्रतिबद्धता कार्यान्वयनमा विशेष ध्यान दिएको छ। “हामी अधिकार र विकासलाई सँगै लैजाने रणनीतिमा छौँ,” उनले स्पष्ट पारे।

कार्यक्रममा जनमत पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेता यादवले पार्टी संरचना सुदृढ गर्न कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए।

प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार २१:५५

तपाईको प्रतिक्रिया !