बकर ईदको अवसरमा मुख्यमन्त्री सिंहद्वारा शुभकामना, ‘पर्वले आपसी सद्भाव बढाओस्’

बकर ईदको अवसरमा मुख्यमन्त्री सिंहद्वारा शुभकामना, ‘पर्वले आपसी सद्भाव बढाओस्’
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २४, शनिबार ०७:५४
बकर ईदको अवसरमा मुख्यमन्त्री सिंहद्वारा शुभकामना, ‘पर्वले आपसी सद्भाव बढाओस्’

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर ईद (ईद–उल–अज्हा)को पावन अवसरमा मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले धार्मिक, सांस्कृतिक तथा जातीय विविधताले भरिएको मधेश प्रदेशमा बकर ईदजस्ता पर्वहरूले आपसी समझदारी, सहकार्य र सामाजिक सद्भाव अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

‘धार्मिक र सांस्कृतिक पर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा थप योगदान पुर्‍याइरहेका छन्,’ सन्देशमा उल्लेख छ, ‘बकर ईदले हामी सबैमा दया, उदारता र सहअस्तित्वको भावना बलियो बनाओस् भन्ने कामना गर्दछु।’

मुख्यमन्त्री सिंहले बकर ईदले नेपाली समाजमा भाइचारा, सामाजिक न्याय र समावेशिताको सन्देश फैलाओस् भन्ने आशा व्यक्त गरेका छन्।

अन्त्यमा उनले बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार ०७:५४

तपाईको प्रतिक्रिया !