कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख यादवको दादागिरी, किसानलाई धम्की

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख यादवको दादागिरी, किसानलाई धम्की
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २२, बिहीबार १०:५०
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख यादवको दादागिरी, किसानलाई धम्की

जनकपुरधाम : कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानमाथि दादागिरी देखाउँदै धम्क्याएको घटना सार्वजनिक भएको छ।

बुधबार केन्द्रको कार्यालयमा प्रत्यक्षदर्शी किसानहरूका अनुसार सरकारी सेवा माग्दा कार्यालय प्रमुख यादवले असभ्य व्यवहार गर्दै गालीगलौज र धम्की दिने गरेको आरोप लागेका छन्।

ADVERTISEMENT

किसानहरूले उचित सेवा नपाएको र गुनासो गर्दा उल्टै यादवको धम्की खेप्नुपरेको गुनासो गरेका छन्।

यता कार्यालय स्रोतले पनि यादवको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएको छ।

किसानको समस्यामा केन्द्रित हुनु पर्ने कार्यालय प्रमुखको यस्तो व्यवहारले किसान त्रसित बनेका छन्। यसबारेमा कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख यादवलाई प्रक्रिया लिन खोज्दा उनको फोन व्यस्त रहेको देखिन्छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार १०:५०

तपाईको प्रतिक्रिया !