मधेश खेलकुद परिषद् सदस्यमा लभ कुमार अधिकारी मनोनीत

मधेश खेलकुद परिषद् सदस्यमा लभ कुमार अधिकारी मनोनीत
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १८, आईतवार २२:४७
मधेश खेलकुद परिषद् सदस्यमा लभ कुमार अधिकारी मनोनीत

जनकपुरधाम : मधेश प्रदेश सरकारले मधेश खेलकुद परिषद् गठनका क्रममा जनकपुर उपमहानगरपालिका–१ निवासी लभ कुमार अधिकारीलाई सदस्यमा मनोनीत गरेको छ।

प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत निमित्त प्रदेश सचिव चुडामणि फुयालले आइतबार एक पत्र जारी गर्दै अधिकारीलाई परिषद्को सदस्यमा मनोनीत गरिएको जानकारी दिएका हुन्।

ADVERTISEMENT

खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ साल जेठ १८ गते बसेको बैठकले प्रदेश खेलकुद विकास ऐन, २०८१ को दफा ३ को उपदफा १ बमोजिम परिषद् गठन गर्ने निर्णय गरेको हो। उक्त ऐनको दफा ३ को उपदफा २ (क) अनुसार परिषद्को अध्यक्ष खेलकुद मन्त्रालयका मन्त्री रहने व्यवस्था छ। सोही ऐनको उपदफा २ को खण्ड (ज) अनुसार योग्य व्यक्तिलाई सदस्यमा मनोनीत गर्न सकिने प्रावधानअनुरूप अधिकारीको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

अधिकारीको मनोनयनसँगै परिषद्ले खेलकुद विकास, प्रवर्द्धन तथा विभिन्न प्रतियोगिता सञ्चालनमा थप सक्रियता ल्याउने अपेक्षा गरिएको छ। मन्त्रालयले अधिकारीलाई मनोनयन गरिएको पत्रमा ‘मधेश प्रदेशको खेलकुद क्षेत्रको प्रवर्द्धन र समग्र विकासमा उहाँको उल्लेखनीय योगदान रहने विश्वास’ व्यक्त गरेको छ।

परिषद्का सदस्य बनेपछि अधिकारीले आगामी दिनमा प्रदेशस्तरीय नीति निर्माणदेखि खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार २२:४७

तपाईको प्रतिक्रिया !