९४ वर्षीय रामसागर ठाकुर बिहानैदेखि सम्पर्कविहीन, परिवारद्वारा सहयोगको अपिल

९४ वर्षीय रामसागर ठाकुर बिहानैदेखि सम्पर्कविहीन, परिवारद्वारा सहयोगको अपिल
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १८, आईतवार २२:१२
९४ वर्षीय रामसागर ठाकुर बिहानैदेखि सम्पर्कविहीन, परिवारद्वारा सहयोगको अपिल

जनकपुरधाम : धनुषा जिल्लाको कमला नगरपालिका–२ निवासी ९४ वर्षीय रामसागर ठाकुर आज बिहानदेखि सम्पर्कविहीन भएका छन्। पत्रकार काशिन्द्र शर्माका पिता ठाकुर आज बिहान करिब ६ बजे जनकपुरतर्फ हिँडेका थिए।

तर दिउँसोसम्म पनि उनी घर नफर्किएपछि परिवारले चिन्ता व्यक्त गर्दै खोजी थालेको जनाएको छ। बिहानैदेखि आफन्तजनले जनकपुर र वरपरका क्षेत्रमा खोजी गरे पनि अहिलेसम्म ठाकुरको कुनै अत्तोपत्तो लागेको छैन।

ADVERTISEMENT

परिवारका अनुसार ठाकुरले घरबाट निस्कँदा मोबाइल साथमा लिएका थिएनन्, जसका कारण सम्पर्क गर्न असम्भव भएको र खोजी कार्यमा थप कठिनाइ भएको बताइएको छ।

पत्रकार शर्माले सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै जसले जहाँ देखे पनि खबर गरिदिन अपिल गरेका छन्।

उनी कहाँ कतै देख्नुभएको वा भेट्नुभएको खण्डमा तलका सम्पर्क नम्बरहरूमा जानकारी गराइदिन परिवारजनले अनुरोध गरेका छन्।

[सम्पर्क: ९८०४८८५३४५/ ९८१६८२६७८५]

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार २२:१२

तपाईको प्रतिक्रिया !