जनमत पार्टीमा वीरगन्जका दुई युवा नेता प्रवेश

जनमत पार्टीमा वीरगन्जका दुई युवा नेता प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार १५:५४
जनमत पार्टीमा वीरगन्जका दुई युवा नेता प्रवेश

वीरगन्ज : डा.सीके राउत नेतृत्वको जनमत पार्टीप्रति आस्था र विश्वास व्यक्त गर्दै वीरगन्जका दुई युवा नेता पार्टीमा प्रवेश गरेका छन्।

वीरगन्ज महानगरपालिका–२० का ओम नारायण शर्मा र महानगरपालिका–११ का युवा उद्यमी अमन साहले पार्टीको वीरगन्जस्थित कार्यालयमा आयोजित कार्यक्रममा जनमत पार्टीको सदस्यता लिएका हुन्।

ADVERTISEMENT

उनीहरूलाई जनमत पार्टी पर्सा जिल्ला इञ्चार्ज ओमप्रकाश सर्राफले सदस्यता प्रदान गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेताहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १५:५४

तपाईको प्रतिक्रिया !