प्रधानमन्त्री ओलीद्वारा मधेशका ६४ सडकको डिजिटल शिलान्यास हुने

प्रधानमन्त्री ओलीद्वारा मधेशका ६४ सडकको डिजिटल शिलान्यास हुने
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १७, शनिबार १५:२०
प्रधानमन्त्री ओलीद्वारा मधेशका ६४ सडकको डिजिटल शिलान्यास हुने

जनकपुरधाम : मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत प्रदेशका आठवटै जिल्लामा ६४ वटा कालोपत्रे सडक निर्माण गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनबाट ती सबै सडकहरूको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ।

ADVERTISEMENT

भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीको जनकपुरधाम भ्रमण र शिलान्यास कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिएका छन्।

शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले मधेशका ८ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडक निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको बताए।

उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत आगामी तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडकहरू साढे ५ मिटरदेखि ७ मिटर चौडाइमा निर्माण हुनेछन्।

‘तीन वर्षभित्र ६४ वटै सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित करिब १२ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ,’ मन्त्री यादवले भने।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १५:२०

तपाईको प्रतिक्रिया !