भीषण बाढी : ११७ जनाको मृत्यु, ३ हजार बढी घर डुबानमा

भीषण बाढी : ११७ जनाको मृत्यु, ३ हजार बढी घर डुबानमा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार ०९:३४
भीषण बाढी : ११७ जनाको मृत्यु, ३ हजार बढी घर डुबानमा

एजेन्सी : नाइजेरियाको नाइजर राज्यमा आएको भीषण बाढीका कारण तीन दिनमा कम्तिमा ११७ जनाको मृत्यु भएको छ। अझै धेरै जना बेपत्ता छन् ।

उद्धार टोलीहरू सहयोग कार्यमा संलग्न रहेका छन् । बाढीले हजारौं घरहरू ध्वस्त भएका छन् ।

ADVERTISEMENT

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका अधिकारीका अनुसार बाढीका कारण ३ हजारभन्दा बढी घरहरू डुबानमा परेका छन्। उक्त क्षेत्रमा बाँध भत्किँदा अवस्था झनै बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नाइजेरियामा, वर्षायाममा नाइजर र बेनु नदीको किनारमा रहेका क्षेत्रहरूमा प्रायः बाढी आउँछ। गत वर्ष सेप्टेम्बरमा, नाइजेरियाको मैदुगुरीमा भारी वर्षा र बाँध भत्किँदा बाढी आएको थियो, जसमा ३० जनाको मृत्यु भएको थियो र लाखौं मानिसहरू घरबारविहीन भएका थिए ।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार ०९:३४

तपाईको प्रतिक्रिया !