पिकअपमा अबैध सालको काठ ओसार्दै गरेका तीन जना धनुषामा पक्राउ

पिकअपमा अबैध सालको काठ ओसार्दै गरेका तीन जना धनुषामा पक्राउ
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १६, शुक्रबार १२:२३
पिकअपमा अबैध सालको काठ ओसार्दै गरेका तीन जना धनुषामा पक्राउ

जनकपुरधाम : डिभिजन वन कार्यालय धनुषाले पिकअप गाडीमा अवैध काठ ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई साल प्रजातिको काठसहित पक्राउ गरेको छ।

सुराकीका आधारमा बिहीबार बिहान वन कर्मचारीको टोलीले धनुषाधाम–जनकपुर सडकखण्डअन्तर्गत ठेरा चोक नजिकबाट काठ लोड गरिएको पिकअप गाडी फेला पारेको हो। ज १ च ९५३ नम्बरको पिकअप गाडीमा २० थान फल्ली गरी २०.७७ क्युबिक फिट सालको काठ लोड गरिएको डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले जानकारी दिए।

ADVERTISEMENT

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१, काशिपुरका प्रमोद ठाकुर, गगन यादव र धनुषाधाम–२ का रुपेश राय रहेका छन्। उनीहरूलाई काठ र सवारीसाधनसहित नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा राखिएको सिंहले बताए।

पिकअपसँगै प्रदेश २–०२–००४ प ०२८५ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरिएको छ।

डिभिजन वन कार्यालयका अनुसार पक्राउ परेकाविरुद्ध वन ऐनअनुसार आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ। पछिल्ला दिनमा काठ तस्करी नियन्त्रण गर्न निगरानी र चेकजाँच कडा बनाइएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार १२:२३

तपाईको प्रतिक्रिया !