जनकनन्दिनीमा प्रथम उपाध्यक्ष फुटबल टुर्नामेन्ट सुरु, पूर्वखेलाडी सम्मान र विद्यालयलाई जर्सी वितरण

जनकनन्दिनीमा प्रथम उपाध्यक्ष फुटबल टुर्नामेन्ट सुरु, पूर्वखेलाडी सम्मान र विद्यालयलाई जर्सी वितरण
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १५, बिहीबार ०९:५६
जनकनन्दिनीमा प्रथम उपाध्यक्ष फुटबल टुर्नामेन्ट सुरु, पूर्वखेलाडी सम्मान र विद्यालयलाई जर्सी वितरण

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाको आयोजनामा ‘प्रथम उपाध्यक्ष फुटबल टुर्नामेन्ट’ सुरु भएको छ। बुधबार एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा विभिन्न क्षेत्रका भूतपूर्व खेलाडीलाई सम्मान गरिएको छ भने तीनवटा माध्यमिक विद्यालयका खेलाडीलाई नयाँ जर्सी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले जानकारी दिएको छ।

ADVERTISEMENT

प्रतियोगितामा चारवटा टिमको सहभागिता रहेको छ। खेलहरू तीन दिनसम्म सञ्चालन हुनेछन्। खेल तालिकाअनुसार प्रत्येक दिन दुईवटा खेल हुनेछन् भने अन्तिम दिन विजेता टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

खेलकुद कार्यक्रमको उद्घाटन जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगलसहित स्थानीय जनप्रतिनिधिको उपस्थितिमा गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले भूतपूर्व खेलाडीहरूको योगदानको चर्चा गर्दै उनीहरूको सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे। उपाध्यक्ष सहगलले युवाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि खेलकुद महत्त्वपूर्ण हुने बताउँदै प्रतियोगिताले गाउँका प्रतिभाहरूलाई उजागर गर्ने अवसर दिने बताइन्।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादव, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इन्स्पेक्टरहरू, महावीर स्पोर्ट्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँपालिकाले खेलकुद कार्यक्रममार्फत स्थानीय स्तरमै खेलप्रेमी युवालाई प्रोत्साहन गर्दै प्रतिभा विकासमा टेवा पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार ०९:५६

तपाईको प्रतिक्रिया !