गणतन्त्र दिवस समारोहमा विविधताले झल्कियो, अझ प्राविधिक सुधार आवश्यक : डा.सीके राउत

गणतन्त्र दिवस समारोहमा विविधताले झल्कियो, अझ प्राविधिक सुधार आवश्यक : डा.सीके राउत
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १५, बिहीबार २३:५०
गणतन्त्र दिवस समारोहमा विविधताले झल्कियो, अझ प्राविधिक सुधार आवश्यक : डा.सीके राउत

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले समारोहमा विविध जातजाति, भाषाभाषी र भेषभूषाको प्रतिनिधित्व देखिनु सकारात्मक पक्ष भएको उल्लेख गरेका छन्।

“गणतन्त्र दिवसको समारोहमा सबै जातजाति, भाषाभाषी, भेषभूषाहरूको प्रतिनिधित्व गरिएको देख्दा निकै राम्रो लाग्यो,” उनले लेखेका छन्, “विविधतापूर्ण राष्ट्रियतालाई अंगीकार गर्नु गणतन्त्रको शक्ति हो।”

ADVERTISEMENT

तर, समारोहमा केही प्राविधिक सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले केही नमाँगिएका तर महत्त्वपूर्ण सुझाव पनि सार्वजनिक गरेका छन् ।

समारोहमा सुधारका लागि डा. राउतका सुझाव:

  • – राजतन्त्रकै अवयवका रूपमा रहेका सैनिक राज्यको झझल्को दिने कर्मकाण्डहरू नभएको राम्रो (ती कुराहरू सेना दिवसमा देखाउँदा हुन्छ)
  • – गणतन्त्रमा त जनता सर्वप्रधान हुन्, जनताले बाहिरबाट चियाउने होइन, हेर्न सहभागी हुन चाहने सबै जनताको लागि खुल्ला हुनु पर्छ (भारतमा पनि गणतन्त्र दिवस मनाउँदा हेर्नका लागि सबै जनताको लागि खुला हुन्छ)
  • – ७५३ वटै पालिकाका प्रतिनिधिहरू आमन्त्रित हुनु पर्छ। देशभरिबाट वा भनौं हरेक पालिकाबाट एक-एक जना प्रेरणादायी समाजसेवीलाई पुरस्कृत गरिनु पर्दछ। (राणाहरूले त्यतिबेला टुँडिखेलमा देशभरिबाट आम जनतालाई बोलाएर भोज खुवाउँदा त त्यसको प्रभाव अझै पनि छ, हामीले अझै इतिहासमा पढ्छौं।)
  • – सम्माननीय प्रधानमन्त्रीज्यूको भाषणमा आरोप र प्रश्न भन्दा अझ बढी आँकडा राखेर जवाब दिएकै राम्रो हुनेथ्यो, जनता र नयाँ पिढी पनि उहाँमार्फत् सुसूचित हुने थिए
  • – अन्य: एउटा राष्ट्रिय स्तरको कार्यक्रममा, विदेशीहरूलाई समेत देखाउन राखिने कार्यक्रममा, नेपालीहरू कुपोषित र पुड्को देखिने, बल नै नभएको जस्तो, जे पायो त्यही लगाएको छ लख्रक लख्रक हिँडेको छ, प्रस्तुति ‘ग्रान्डिओज़’ नभई फितलो देखिने – यसमा संजय लीला भंसाली वा पिटर ज्याक्सन जस्ता निर्देशकबाट प्रेरणा लिएर भए पनि भव्य र ऊर्जावान् प्रस्तुतिको तैयारी गर्नु पर्ने देखिन्छ
  • समग्रमा गणतन्त्र दिवस देश र जनताको लागि महत्त्वपूर्ण क्षण हो। यसलाई प्राथमिकता दिएकोमा नेपाल सरकारलाई धन्यवाद।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार २३:५०

तपाईको प्रतिक्रिया !