जनकपुर नजिकै भारत–नेपाल सीमामा दुई चिनियाँ नागरिक पक्राउ

जनकपुर नजिकै भारत–नेपाल सीमामा दुई चिनियाँ नागरिक पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १५, बिहीबार २०:१९
जनकपुर नजिकै भारत–नेपाल सीमामा दुई चिनियाँ नागरिक पक्राउ

जनकपुरधाम : धनुषाको सीमावर्ती क्षेत्रमा दुई जना चिनियाँ नागरिकलाई भारततर्फ अवैध रूपमा प्रवेश गर्ने प्रयासका क्रममा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

बुधबार नगराइन नगरपालिका–२ र भारतको मधुबनी जिल्लाको पिपरौन ग्राम पंचायत–११ को सीमाक्षेत्रबाट उनीहरूलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

एसएसबीको ४८औं बटालियनअन्तर्गत ई कम्पनी पिपरौनमा खटिएको टोलीले सीमा स्तम्भ नम्बर २८४/३५ नजिक कृषियोग्य क्षेत्र हुँदै भारत प्रवेश गर्ने प्रयास गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय सुरक्षाकर्मीहरूले जनाएका छन्।

एसएसबीका अनुसार ती चिनियाँ नागरिक कृषियोग्य क्षेत्र हुँदै सीमा पार गर्न खोजिरहेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरू नेपालबाट गैरकानुनी रूपमा भारत प्रवेश गर्न खोजेको आशंका गरिएको छ।

पक्राउ परेपछि दुवै जनालाई पिपरौनस्थित एसएसबीको ई कम्पनी कार्यालयमा राखिएको छ। त्यसपछि उनीहरूलाई थप अनुसन्धानका लागि बिहार प्रहरीअन्तर्गत हरलाखी थानामा बुझाइएको भारतीय पक्षले जनाएको छ।

भारतीय अधिकारीहरूका अनुसार उनीहरूको पहिचान खुलाउने प्रयास जारी छ। उनीहरूसँग कुनै वैध यात्रा कागजात फेला परेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार २०:१९

तपाईको प्रतिक्रिया !