जनमत पार्टीद्वारा गणतन्त्र दिवसमा देशभर विविध कार्यक्रम सञ्चालन हुने

जनमत पार्टीद्वारा गणतन्त्र दिवसमा देशभर विविध कार्यक्रम सञ्चालन हुने
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १४, बुधबार १४:४०
जनमत पार्टीद्वारा गणतन्त्र दिवसमा देशभर विविध कार्यक्रम सञ्चालन हुने

काठमाडौं : जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा देशभरका वडादेखि पालिका स्तरसम्म विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले बुधबार विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसलाई ‘नौलो गणतन्त्र निर्माणतर्फ अग्रसर हुने अवसर’का रूपमा लिनुपर्ने बताएका छन्।

ADVERTISEMENT

‘गणतन्त्र दिवस हामीले इतिहासकै एक महत्त्वपूर्ण संघर्षबाट प्राप्त गरेका अधिकार र समानताको स्मरण गर्ने दिन हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले नागरिकलाई देशको साँचो मालिक बनाएको छ र सत्ता सिंहासनबाट होइन, जनताको मञ्जुरीबाट उत्पन्न हुन्छ।’

पार्टीले गणतन्त्र दिवसको दिन स्थानीय तहहरूमा सहज हुने गरी शुभकामना आदानप्रदान, प्रभातफेरि, सरसफाइ अभियान र मैनबत्ती प्रज्वलनजस्ता कार्यक्रम सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १४:४०

तपाईको प्रतिक्रिया !