सीमावर्ती व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउनु आवश्यक : मुख्यमन्त्री सिंह

सीमावर्ती व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउनु आवश्यक : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार १९:३४
सीमावर्ती व्यापारलाई व्यवस्थित र सन्तुलित बनाउनु आवश्यक : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जयनगर उद्योग वाणिज्य संघ (CAIT) को प्रतिनिधिमण्डलले गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गरेका छन्।

मंगलबार जनकपुरधामस्थित मधेश भवनभित्रै रहेको मुख्यमन्त्री निवासमा प्रितम बरौलियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटपछि मुख्यमन्त्री सिंहले नेपाल–भारत सीमावर्ती व्यापारको आधार सामाजिक, साँस्कृतिक र धार्मिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे।

ADVERTISEMENT

“सीमावर्ती क्षेत्रमा हुने व्यावसायिक गतिविधि व्यवस्थित, मर्यादित र सन्तुलित ढङ्गले अघि बढ्नुपर्छ,” उनले भने, “बिहेबारी, व्रतबन्ध, श्राद्धकर्मजस्ता सामाजिक व्यवहारका लागि सीमापारिका बजारमा नेपालीहरूले किनमेल गर्ने परम्परा रहिआएको छ, जसलाई दुवै देशको हितमा अघि बढाउनुपर्छ।”

प्रतिनिधिमण्डलसँगको छलफलमा सामान आयातका क्रममा राजस्व छल्नेलाई निरुत्साहित गर्ने, जनकपुर–जयनगर रेल सेवा भारतीय सीमासम्म पुग्दा सुरक्षा प्रवन्धन मजबुत बनाउने, लागुऔषधको अवैध कारोबार तथा दुर्व्यसन नियन्त्रणमा कठोरता अपनाउने, साथै जनकपुर बजारको प्रवर्द्धनसम्बन्धी विषयहरूमा व्यापक छलफल भएको उनले बताए।

मुख्यमन्त्री सिंहले यस्तो द्विपक्षीय हितका विषयमा संवाद हुने अवसर उपलब्ध गराएकोमा जनकपुरधाम उद्योग वाणिज्य संघ तथा अध्यक्ष सुरेन्द्र भण्डारीप्रति पनि आभार व्यक्त गरे।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १९:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !