खजुरी प्रहरी कार्यालय निरीक्षणमा सिडिओ कडरियाको निर्देशन: ‘जिम्मेवारीप्रति प्रतिबद्ध रहनुहोस्’

खजुरी प्रहरी कार्यालय निरीक्षणमा सिडिओ कडरियाको निर्देशन: ‘जिम्मेवारीप्रति प्रतिबद्ध रहनुहोस्’
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ १३, मंगलवार १४:१५
खजुरी प्रहरी कार्यालय निरीक्षणमा सिडिओ कडरियाको निर्देशन: ‘जिम्मेवारीप्रति प्रतिबद्ध रहनुहोस्’

खजुरी (धनुषा ) : जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामु राज कडरियाले ईलाका प्रहरी कार्यालय खजुरीमा कार्यरत प्रहरी कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीप्रति गम्भीर र प्रतिबद्ध रहन निर्देशन दिएका छन्।

सोमबार सिडिओ कडरिया, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मी र सशस्त्र प्रहरी उपरीक्षकसहितको टोली खजुरी प्रहरी कार्यालयको निरीक्षणमा पुगेको थियो।

ADVERTISEMENT

निरीक्षण टोलीले प्रहरी कार्यालयको परिसर, हिरासत कक्ष, लाइन ब्यारेक, विभिन्न शाखा तथा वडा क्षेत्रको अवस्थाबारे अवलोकन गरेको थियो। सो अवसरमा लागू औषध नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

निरीक्षणपछि सिडिओ कडरियाले प्रहरी कर्मचारीहरूसँग छोटो छलफल गर्दै कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन, व्यक्तिगत अनुशासन कायम राख्न र पोशाक (टर्नआउट) प्रति पनि संवेदनशील बन्न निर्देशन दिए।

‘जनतामाझ प्रहरी प्रतिको विश्वास कायम राख्न कार्यशैली, व्यवहार र जवाफदेहितामा स्पष्ट सुधार आवश्यक छ,’ उनले भने।

निरीक्षणका क्रममा स्थानीय सुरक्षा व्यवस्थासम्बन्धी आवश्यक छलफल र समन्वयका विषयमा समेत ध्यान केन्द्रित गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १४:१५

तपाईको प्रतिक्रिया !