धनुषामा फर्जी पासपोर्ट प्रकरण : यदुकुवा प्रशासन कार्यालयका करार कर्मचारीमाथि मिलेमतोको आरोप

धनुषामा फर्जी पासपोर्ट प्रकरण : यदुकुवा प्रशासन कार्यालयका करार कर्मचारीमाथि मिलेमतोको आरोप
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १३, मंगलवार १२:१०
धनुषामा फर्जी पासपोर्ट प्रकरण : यदुकुवा प्रशासन कार्यालयका करार कर्मचारीमाथि मिलेमतोको आरोप

जनकपुरधाम : धनुषाको यदुकुवा स्थित इलाका प्रशासन कार्यालयमा कार्यरत करार कर्मचारीको मिलेमतोमा फर्जी राहदानी (पासपोर्ट) र नागरिकता निर्माण भइरहेको भन्दै स्थानीयबासीहरुले गम्भीर आरोप लगाएका छन्।

सोमबार मधेशपत्रमा ‘धनुषामा फर्जी राहदानी फेला : प्रशासनमै लापरवाहीको आशंका’ शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीयहरुले मधेशपत्रसँग प्रतिक्रिया दिँदै यदुकुवाको प्रशासन कार्यालयमै गैरकानुनी कार्य भइरहेको बताएका हुन्।

ADVERTISEMENT

“इलाका प्रशासन कार्यालय यदुकुवामा कार्यरत करारका कर्मचारीहरुकै मिलेमतोमा फर्जी राहदानी र नागरिकता बनाउने काम भइरहेछ,” एक स्थानीयबासीले मधेशपत्रसँग भने, “ठूलो रकम लिएर दलालमार्फत सेटिङ मिलाउने र सोझासाझा नागरिकको नाममा कागजपत्र बनाइदिने गरेको छ।”

स्थानीयका अनुसार कार्यालयमा करारमा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी नै यस कार्यमा संलग्न छन्। ती कर्मचारीले पासपोर्ट तथा नागरिकता बनाउने प्रक्रियामा प्रत्यक्ष संलग्न रही सेटिङ मिलाउने गरेको आरोप छ।

उक्त कार्यालयमा राहदानी तथा नागरिकता सम्बन्धी सेवाका लागि आउने सेवाग्राहीले समेत कर्मचारी र दलालबीच घनिष्ट सम्बन्ध देखिएको बताएका छन्। स्थानीय प्रशासनले यस विषयमा छानबिन अघि नबढाउँदा फर्जी कागजपत्र बनाउने गिरोह झनै सक्रिय बनेको आशंका गरिएको छ।

यस विषयमा प्रक्रिया लिनको लागि इलाका प्रशासन कार्यालय यदुकुवाका प्रमुख गणेश चन्द्र मिश्रसँग फोन गर्दा उहाँले फोन उठाउन अस्वीकार गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १२:१०

तपाईको प्रतिक्रिया !