पत्रकार महासंघलाई पत्र : गणतन्त्र दिवसमा सम्मानको लागि नाम पठाउन आग्रह

पत्रकार महासंघलाई पत्र : गणतन्त्र दिवसमा सम्मानको लागि नाम पठाउन आग्रह
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार ११:५१
पत्रकार महासंघलाई पत्र : गणतन्त्र दिवसमा सम्मानको लागि नाम पठाउन आग्रह

जनकपुरधाम : गणतन्त्र दिवस २०८१ को अवसरमा मधेस प्रदेश सरकारले प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको छ।

यसअघि कहिल्यै नदेखिएको यस्तो निर्णयले पत्रकारिता क्षेत्रका अगुवा तथा संघर्षशील व्यक्तिहरूको योगदानलाई मान्यता दिने उद्देश्य राखिएको छ।

ADVERTISEMENT

प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालयले पत्रकार महासंघका सबै शाखालाई पत्र पठाउँदै सम्मानका लागि नाम सिफारिस गर्न अनुरोध गरेको हो। मन्त्रालयले जारी गरेको पत्रमा गणतन्त्रको मूल मर्म र भावना अनुरूप पत्रकारितामा महत्वपूर्ण योगदान दिने अग्रज व्यक्तित्वलाई “प्रेस स्वतन्त्रता सेनानी” को रूपमा सम्मान गरिने उल्लेख छ।

सिफारिस प्रक्रिया सुरु

प्रदेशभरका पत्रकार महासंघहरू सर्लाही, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट लगायत जिल्लामा रहेका संघीयता र प्रेस स्वतन्त्रता रक्षामा अग्रसर व्यक्तिहरूको नाम संकलन सुरु भइसकेको छ।

मन्त्रालयले कार्यक्रममा सहभागिता सुनिश्चित गर्न आग्रह गर्दै, जिल्लाबाट योगदान दिएका पत्रकार, सम्पादक, प्रकाशक वा स्वतन्त्र प्रेस रक्षामा सक्रिय व्यक्तिहरूको नाम सिफारिस गर्न समेत अनुरोध गरेको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार ११:५१

तपाईको प्रतिक्रिया !