मुख्यमन्त्री सिंहको जोड: “प्रहरी र कर्मचारी समायोजन चाँडै टुंग्याउनुपर्छ”

मुख्यमन्त्री सिंहको जोड: “प्रहरी र कर्मचारी समायोजन चाँडै टुंग्याउनुपर्छ”
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार १०:२५
मुख्यमन्त्री सिंहको जोड: “प्रहरी र कर्मचारी समायोजन चाँडै टुंग्याउनुपर्छ”

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता बलियो बनाउन प्रदेशमा प्रहरी र कर्मचारी समायोजनको प्रक्रिया चाँडै टुंग्याउनुपर्ने बताएका छन्।

संघीय संसद्को राष्ट्रिय सभामा मधेश प्रदेशबाट निर्वाचित सांसदहरूको आयोजनामा जनकपुरधाममा भएको ‘संघीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री सिंहले समायोजनको ढिलाइले विकास बजेट खर्च गर्न समस्या भएको उल्लेख गरे।

ADVERTISEMENT

‘कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण बजेट इच्छाअनुसार खर्च हुन सकेको छैन,’ उनले भने, ‘११औं तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्नुपर्छ, र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेश सरकारको मातहत हुनुपर्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमार्फत प्रदेशमा पठाइएको उदाहरण दिँदै मधेशका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि सोही प्रक्रिया अपनाइनुपर्ने धारणा राखे।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा रासायनिक मल र बीउको आवश्यकता बढी भए पनि मलको कोटा न्यून रहेको गुनासो गरे। ‘प्रदेशलाई बजेट जनसंख्याको आधारमा वितरण गरिनुपर्छ,’ उनले माग गरे।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १०:२५

तपाईको प्रतिक्रिया !