पर्सामा मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ १२ हजारमै बिक्री, उजुरी नहुँदा प्रहरीको नजरबाट बचेका

पर्सामा मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ १२ हजारमै बिक्री, उजुरी नहुँदा प्रहरीको नजरबाट बचेका
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार ०९:०९
पर्सामा मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ १२ हजारमै बिक्री, उजुरी नहुँदा प्रहरीको नजरबाट बचेका

पर्सा : इलाका प्रहरी कार्यालय पोखरियाले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। ना.५४प ३८७७ नम्बरको मोटरसाइकल चोरी गरी १२ हजार रुपैयाँमै बिक्री गरेको आरोपमा शनिबार पोखरिया नगरपालिका–४ का रितिक गिरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गिरीको बयानका आधारमा सोही वडाका कृष्ण महतो नुनिया र रामविश्वास महरा पनि पक्राउ परेका छन्। उनीहरूलाई वडा नं ९, शिवर्वाबाट पक्राउ गरिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरूले बिन्ध्यावासिनी गाउँपालिका क्षेत्रमा मोटरसाइकल बिक्री गरेको खुल्न आएको छ।

“उनीहरूले यसअघि पनि मोटरसाइकल चोरी गरेपछि सवारीधनीलाई फिर्ता गरिदिन्थे, जसका कारण धेरै पीडितले उजुरी नै नगर्ने गरेका थिए,” एक प्रहरी अधिकृतले भने, “यसपटक भने मोटरसाइकलधनीले उजुरी दिएपछि अनुसन्धान अघि बढ्यो।”

प्रहरीले पक्राउ परेका तीनै जनामाथि एक दर्जनभन्दा बढी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंका गरिएको जनाएको छ। उनीहरूको संलग्नता पुष्टि गर्न थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार ०९:०९

तपाईको प्रतिक्रिया !