जनसहभागितामा रोजगारी सिर्जना : मन्त्री कुशवाहाले मागे सुझाव र योजना

जनसहभागितामा रोजगारी सिर्जना : मन्त्री कुशवाहाले मागे सुझाव र योजना
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार ०९:११
जनसहभागितामा रोजगारी सिर्जना : मन्त्री कुशवाहाले मागे सुझाव र योजना

जनकपुरधाम : उद्योग , वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री वसन्त कुशवाहाले आफ्नो कार्यकालमा एक लाख रोजगारी सृजना गर्ने स्पष्ट योजना अघि सारेका छन्।

कार्यभार ग्रहण गरेको अवसरमा विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै मन्त्री कुशवाहाले रोजगारीमुखी नीति ल्याउन तयारी भइरहेको जनाएका छन्।

ADVERTISEMENT

“मैले यो मन्त्रालयको जिम्मेवारीमा रहँदा एक लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको छु,” मन्त्री कुशवाहाले सामाजिक सञ्जालमार्फत जनाउँदै लेखेका छन्, “सोही अनुसार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने काम जारी छ।”

मन्त्री कुशवाहाले रोजगारी सिर्जनाका लागि नवीन सोच, प्रस्ताव, योजना वा कार्यक्रम भए मन्त्रालयलाई जानकारी गराउन समेत सर्वसाधारण, विज्ञ तथा सरोकारवालाहरूसँग हार्दिक अपिल गरेका छन्।

“नयाँ वा थप रोजगारी सृजना गर्ने आइडिया, प्रस्ताव, संभाव्यता, योजना वा कार्यक्रम भए निम्न माध्यमबाट जानकारी गराउन सक्नुहुन्छ,” उनले उल्लेख गरेका छन्।

यसै क्रममा मन्त्रालयले सुझाव, योजना तथा कार्यक्रम संकलनका लागि छुट्टै संयन्त्र तयार पार्ने तयारी समेत गरिरहेको स्रोतले जनाएको छ।

नेपालमा पछिल्लो समय रोजगारीको चुनौती गहिरिंदै गइरहेको सन्दर्भमा मन्त्री कुशवाहाको घोषणा अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार ०९:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !