जनमत संसदीय दलद्वारा नवनियुक्त र निवर्तमान मन्त्रीलाई शुभकामना तथा सम्मान

जनमत संसदीय दलद्वारा नवनियुक्त र निवर्तमान मन्त्रीलाई शुभकामना तथा सम्मान
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार १७:५१
जनमत संसदीय दलद्वारा नवनियुक्त र निवर्तमान मन्त्रीलाई शुभकामना तथा सम्मान

जनकपुरधाम : जनमत पार्टी मधेश प्रदेश संसदीय दलले नवनियुक्त वन तथा वातावरणमन्त्री संजय कुमार यादवलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिएको छ।

आइतबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा रहेको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा दलका नेता महेश प्रसाद यादवले मन्त्री यादवलाई खादा लगाएर बधाई दिएका हुन्।

ADVERTISEMENT

सोही अवसरमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निवर्तमान मन्त्री सकिल अली मियाँ र वन तथा वातावरण मन्त्रालयका निवर्तमान मन्त्री त्रिभुवन शाहलाई समेत सम्मान गरिएको थियो।

दलका नेता यादवले निवर्तमान मन्त्रीद्वय मियाँ र शाहले आआफ्नो कार्यकालमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी राजनीतिक यात्राको सफलताको कामना गरेका थिए। उनीहरूलाई समेत खादा लगाएर सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा पुर्वपर्यटन राज्यमन्त्री शम्भु साह,सांसद भाग्यश्री चौधरी ,हसिना खातुन र अनिता साहलगाइतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १७:५१

तपाईको प्रतिक्रिया !