मधेशका नवनियुक्त मन्त्री कुशवाहालाई पार्टी अध्यक्ष सीके राउतद्वारा स्वागत

मधेशका नवनियुक्त मन्त्री कुशवाहालाई पार्टी अध्यक्ष सीके राउतद्वारा स्वागत
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार १३:४७
मधेशका नवनियुक्त मन्त्री कुशवाहालाई पार्टी अध्यक्ष सीके राउतद्वारा स्वागत

काठमाडौं : जनमत पार्टीले मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहालाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेको छ।

आइतबार काठमाडौंको मध्यबानेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष डा. सीके राउतले खादा र अबिरको टीका लगाएर नवनियुक्त मन्त्री कुशवाहालाई स्वागत गरे।

ADVERTISEMENT

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान,प्रवक्ता डा.शरदसिंह यादव,सचिव अनिता देवी साह र अनिता मण्डलसहित नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मन्त्री कुशवाहालाई सफल कार्यकालको शुभकामना दिँदै प्रदेशमा उद्योग, वाणिज्य र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

मन्त्री कुशवाहा हालै मात्र जनमत पार्टीको तर्फबाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएका हुन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १३:४७

तपाईको प्रतिक्रिया !