एक लाख नयाँ रोजगारीका लागि मधेश सरकारले नीति बनाउँदै : मन्त्री कुशवाहा

एक लाख नयाँ रोजगारीका लागि मधेश सरकारले नीति बनाउँदै : मन्त्री कुशवाहा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार ११:१६
एक लाख नयाँ रोजगारीका लागि मधेश सरकारले नीति बनाउँदै : मन्त्री कुशवाहा

जनकपुरधाम : मधेश प्रदेश सरकारले एक लाख जनालाई रोजगारी दिने लक्ष्यसहितको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।

नेपाल होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको आयोजनामा शनिबार वीरगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहले सरकारले रोजगारी सिर्जनाका लागि आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए।

ADVERTISEMENT

‘मधेश प्रदेशको लगानी सम्भाव्यताका क्षेत्र कृषि, उद्योग तथा पर्यटन हुन्,’ उनले भने, ‘यी क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ कार्यक्रम ल्याउने तयारी भइरहेको छ।’

मन्त्री कुशवाहाले नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नेलाई सरकारले प्राथमिकता दिएको बताए। ‘टुक्रे योजना होइन, अब निश्चित गन्तव्य निर्माणमा लगानी गर्न गृहकार्य भइरहेको छ,’ उनले भने।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार ११:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !