जनमतको लक्ष्य : संघीय निर्वाचनमा ५० सिट जितेर डा. सीके राउतलाई प्रधानमन्त्री बनाउने

जनमतको लक्ष्य : संघीय निर्वाचनमा ५० सिट जितेर डा. सीके राउतलाई प्रधानमन्त्री बनाउने
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार २१:०२
जनमतको लक्ष्य : संघीय निर्वाचनमा ५० सिट जितेर डा. सीके राउतलाई प्रधानमन्त्री बनाउने

सर्लाही : मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंहले आफूले बन्द गराएका अवैध निजी अस्पतालहरू स्थानीय तहले पुनः सञ्चालनमा ल्याएको गम्भीर आरोप लगाएका छन्।

शनिबार सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा आयोजित जनमत पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा दर्ता नभएका र मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पतालहरू बन्द गराए पनि स्थानीय सरकारले पैसा लिएर ती अस्पताल पुनः सञ्चालनमा ल्याइरहेको दाबी गरे।

ADVERTISEMENT

“मैले अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्डविपरीतका अस्पतालहरू बन्द गराएँ। तर स्थानीय तहले धमाधम पैसा खाएर ती अस्पताल फेरि खोल्न दिइरहेका छन्,” सिंहले भने।

संयुक्त सरकार सञ्चालनको सन्दर्भमा उनले अन्य दलहरूसँग मिलेर सरकार चलाउँदा आफूले सोचेजस्तो काम गर्न नपाएको गुनासो गरे। अनेकन अप्ठ्यारा र अवरोधका बीच सरकार चलाउनुपरेको उनको भनाइ थियो।

कार्यक्रममा उनले आगामी संघीय निर्वाचनमा जनमत पार्टीले ५० भन्दा बढी सिट जित्ने लक्ष्य राखेको जानकारी गराउँदै पार्टी अध्यक्ष डा. सीके राउतलाई प्रधानमन्त्री बनाउने अभियानमा लाग्ने उद्घोष पनि गरे।

पार्टी कार्यक्रम सम्पन्न गरेपछि मुख्यमन्त्री सिंहले साँझ बरहथवा–१ स्थित खर्साल घाट पुगेर बागमती नदीको तटबन्धको निरीक्षणसमेत गरेका छन्।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार २१:०२

तपाईको प्रतिक्रिया !