जनकपुरधाममा नवनियुक्त मन्त्री यादव र निवर्तमान मन्त्री साहबीच भेटवार्ता

जनकपुरधाममा नवनियुक्त मन्त्री यादव र निवर्तमान मन्त्री साहबीच भेटवार्ता
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार १२:०७
जनकपुरधाममा नवनियुक्त मन्त्री यादव र निवर्तमान मन्त्री साहबीच भेटवार्ता

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त वन तथा वातावरणमन्त्री संजयकुमार यादव र निवर्तमान मन्त्री त्रिभुवन साहबीच शिष्टाचार भेटवार्ता भएको छ।

शनिबार बिहान जनकपुरधामस्थित निवर्तमान मन्त्री साहको निवासमा पुगेर नवनियुक्त मन्त्री यादवले भेट गरेका हुन्। भेटका क्रममा दुबैबीच बधाई तथा शुभकामना आदानप्रदानसँगै मन्त्रालयमा सम्पन्न भएका काम र आगामी योजनाबारे छलफल भएको थियो।

ADVERTISEMENT

निवर्तमान मन्त्री साहले आफ्नो कार्यकालमा अघि बढाइएका योजनाहरूलाई निरन्तरता दिँदै समयमै सम्पन्न गर्न आग्रह गरे। मन्त्रालयको दिगो विकास र कार्यसञ्चालनमा निरन्तरताका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नवनियुक्त मन्त्री यादवले पूर्वमन्त्री साहप्रति आभार व्यक्त गर्दै मन्त्रालयको जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १२:०७

तपाईको प्रतिक्रिया !