विवादित सहसचिव भट्टराईसहित गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा

विवादित सहसचिव भट्टराईसहित गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ९, शुक्रबार १९:३८
विवादित सहसचिव भट्टराईसहित गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा

काठमाडौं : गृह मन्त्रालयले ९ जना कर्मचारीको सरुवा गरेको छ। भिजिट भिसामा बदमासी गरेको उजुरी परेसँगै सहसचिव तीर्थराज भट्टराईसहित ९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं, नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ।

ADVERTISEMENT

सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारी कमला श्रेष्ठ, कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो। अख्तियारले यस विषयमा अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार १९:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !