रौतहटमा दिगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

रौतहटमा दिगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ९, शुक्रबार १७:४३
रौतहटमा दिगो वन व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

रौतहट : डिभिजन वन कार्यालय, रौतहटको आयोजनामा दिगो वन व्यवस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरणसम्बन्धी तालिम सम्पन्न भएको छ।

शुक्रबार चन्द्रनिगाहपुरस्थित होटल एएन प्लाजाको सभाहलमा सम्पन्न तालिममा डिभिजन वन कार्यालय रौतहट अन्तर्गतका वन प्राविधिक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

ADVERTISEMENT

तालिममा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसका उप–प्राध्यापक सञ्जीव भट्टराईले दिगो वन व्यवस्थापनको महत्व, नीति तथा प्रभावकारिताबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा क्लियर फेल्लिङ सिस्टम, सेल्टरवुड सिस्टम, सेलेक्सन सिस्टम तथा दिगो वन व्यवस्थापन कार्ययोजना तयारीजस्ता विषयमा विस्तृत छलफल गरिएको थियो।

“तालिमका विषयवस्तु समसामयिक तथा पूर्ण रूपमा प्राविधिक भएकाले सहभागीहरूको सक्रिय सहभागिता देखिएको छ,” डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले बताए।

डिभिजन वन अधिकृत अनिल महतोको सञ्चालनमा भएको तालिममा सहभागीहरूले दिगो वन व्यवस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरणसम्बन्धी धारणा राखेका थिए।

एक दिवसीय तालिममा डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साह, वन अधिकृतहरू सुबास साह, विकास लामिछाने, लक्ष्मी कर्ण, तेजनारायण रौनियार, विनोद जेठहरा, अन्य प्राविधिक कर्मचारी, वन रक्षक, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष वेदहरी दाहाल, उपाध्यक्ष टीका आचार्य र स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार १७:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !