उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको नेतृत्व सम्हाले कुशवाहा, रोजगारी सिर्जनालाई दिए प्राथमिकता

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको नेतृत्व सम्हाले कुशवाहा, रोजगारी सिर्जनालाई दिए प्राथमिकता
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ९, शुक्रबार ०६:५०
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको नेतृत्व सम्हाले कुशवाहा, रोजगारी सिर्जनालाई दिए प्राथमिकता

जनकपुरधाम : जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले मधेश प्रदेश सरकारमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। बिहीबार एक समारोहका बीच उनले मन्त्रालयमा कार्यभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपश्चात उनले मधेशमा रोजगारी सिर्जना गर्ने प्राथमिकताका साथ मन्त्रालय सञ्चालन गर्ने प्रतिवद्धता जनाए। ‘मधेशको सम्भावनालाई उपयोग गर्दै रोजगारी सिर्जना र आर्थिक विकासमा ध्यान केन्द्रित हुनेछ,’ उनले भने, ‘यसका लागि सबै सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्छु।’

ADVERTISEMENT

उनले पद ग्रहण समारोहमा शुभकामना व्यक्त गर्ने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गर्दै आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने बताए।

प्रदेश सरकारमा सहभागी भएको जनमत पार्टीका तर्फबाट कुशवाहालाई दोस्रो पटक मन्त्री बनाइएको हो। यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएको थिए।

मन्त्री कुशवाहाले उद्योग, व्यापार र पर्यटन क्षेत्रमा नीति सुधार, लगानी प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारलाई पनि प्राथमिकतामा राख्ने संकेत दिएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार ०६:५०
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !