मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ८, बिहीबार १५:१५
मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

जनकपुरधाम : जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाएको छ । उनीहरूको ठाउँमा अर्को व्यक्ति मन्त्री हुनेगरी दुई मन्त्रीलाई फिर्ता गरिएको हो ।

पार्टी प्रवक्ता डा. शरदसिंह यादवका अनुसार ई.बसन्त कुशवाहालाई उद्योग तथा पर्यटन र सञ्जय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

ADVERTISEMENT

उद्योग तथा पर्यटन मन्त्रालय सम्हालेका सकिल मिया अन्सारी र वन मन्त्रालयको जिम्मेवारीमा त्रिभुवन साहलाई मन्त्रीबाट फिर्ता बोलाइएको थियो ।

प्रवक्ता यादवका अनुसार एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रीलाई फिर्ता गरेर जिम्मेवारी अर्को व्यक्तिलाई दिइएको हो । जनमतले मधेश सरकारको नेतृत्व गरेको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १५:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !