धनुषामा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइयो

धनुषामा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइयो
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ७, बुधबार १५:५८
धनुषामा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइयो

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मा पर्ने चारनाथ सामुदायिक वन क्षेत्रको जमिन अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ।

डिभिजन वन कार्यालय धनुषाका अनुसार करिब तीन हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका नौवटा घरटहरा हटाइएको हो।

ADVERTISEMENT

डिभिजनल प्रमुख विनोद सिंहका अनुसार वनको जमिनमा घरटहरा निर्माण गरी निजी प्रयोगमा ल्याउने प्रयास भएपछि ती संरचना हटाइएको हो।

‘अनधिकृत रूपमा घरटहरा निर्माण गरेर वन क्षेत्रको जमिनमा कब्जा गर्ने प्रयास भएपछि टोली परिचालन गरी ती घरटहरा हटाएका हौं,’ सिंहले मधेशपत्रसँग भने, ‘चरणबद्ध रूपमा अन्य अतिक्रमित क्षेत्र पनि खाली गराउने तयारी छ।’

उक्त कारबाही कमला सब डिभिजन वन कार्यालयका अधिकृत भगलु मण्डल, जिल्ला वन सुरक्षा टोलीका कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा जनपद प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा गरिएको थियो।

डिभिजन वन कार्यालयले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको सहकार्यमा अतिक्रमणविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १५:५८

तपाईको प्रतिक्रिया !