विमानमै मृत्यु : सिमराबाट काठमाडौँ ल्याइँदै गरेकी महिलाको निधन

विमानमै मृत्यु : सिमराबाट काठमाडौँ ल्याइँदै गरेकी महिलाको निधन
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ७, बुधबार १२:१७
विमानमै मृत्यु : सिमराबाट काठमाडौँ ल्याइँदै गरेकी महिलाको निधन

काठमाडौँ : बाराको सिमरा विमानस्थलबाट उपचारका लागि काठमाडौँ ल्याइँदै गरेकी एक महिलाको मंगलवार विमानमै मृत्यु भएको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारका लागि बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याउँदै थिए। साँझ ४ बजेको उडानमा यात्रा गरिरहेकी चौधरी विमानमै अचेत भएकी थिइन्।

ADVERTISEMENT

काठमाडौँ आइपुगेर तुरुन्तै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको घोषणा गरेका थिए।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ भने गौशाला प्रहरी वृत्तले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १२:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !